Monday, January 31, 2011

भैरव अर्याल - एउटा छोटो परिचय

भैरव अर्याल (Bhairav Aryal) (वि.स. १९९३-२०३३ / स.न्. १९३६-१९७६) नेपाली साहित्यको हास्य व्यङ्ग्य फाँटका महान् प्रतिभा हुन् । उनको जन्म वि.स. १९९३ असोज ५ गते ललितपुरको कोपुण्डोलमा भएको हो भने उनको निधन काठमाडौँको गोकर्णमा वि.स. २०३३ मा भएको हो । उनकी माताको नाम खेमकुमारी अर्याल र पिताको नाम होमनाथ अर्याल हो । उनले काउकुती, जय भुँडी, गलबन्दी, इतिश्री, दश औतार आदि हास्य व्यङ्ग्य निबन्धका पुस्तकहरू लेखेका छन् ।

सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक, राजनीतिक आदि विभिन्न क्षेत्रमा व्याप्त विसङ्गतिप्रति  व्यङ्ग्य गर्नु उनको मुख्य विशेषता हो । मानवीय स्वभावमा रहने कमी कमजोरीप्रति पनि आलोचना तथा व्यङ्ग्य गर्नु उनका निबन्धको ‍उद्देश्य  रहेको देखिन्छ । उनी पाठकलाई हँसाएर व्यङ्ग्यको तितोपनालाई ग्रहण योग्य बनाउन समर्थ छन्। उखान टुक्काका साथै अनुकरणात्मक शब्दको विशिष्ट प्रयोग गरेर व्यङ्ग्यका लागि आवश्यक पाइनदार भाषाको प्रयोग  गर्न पनि उनी खप्पिस छन् ।

यसरी ४० वर्षमै अकाल मृत्युले आफ्नो ज्यान गुमाउनु परे पनि तीस वर्षको त्यो छोटो अवधिमै नेपालको हास्य व्यङ्ग्य निबन्धका क्षेत्रमा आफ्ना साहित्यिक रचनाले ठूलो योगदान पुर्‍याएका प्रसिद्ध हास्य व्यङ्ग्य निबन्धकार भैरव अर्याल साँच्चै नै एक महान् साहित्यकार हुन् । उनले आफ्नो शरीरलाई त्यागेर गए पनि उनि सधैं हाम्रो मनमा रहने छन्। आउनुहोस् हामी सबै मिलेर उनको स्मृतिका लागि एवं नेपाली साहित्यको उत्थान‌का लागि बनाइएको यस ब्लग (blog) लाई सफल तुल्याऊ ।

17 comments:

  1. Hamra aadaraniya Hansya Byangya Lekhak Bairab Aryal g aaja hunu bhako bhaya Nepali political leader ko Neta No. 101 ramrari prove hune thiyo....

    ReplyDelete
  2. Bhairav Aryal bina Nepali Sahitya aadhuro hunthiyo.. hansya byangya ko pato yati byapak hudinathiyo...dhanya ho Bhairav Aryal timi aayou ani choto aayu ma ani nepali sahitya lie dherai gun lagaya bida vayou....
    Nepali Sahitya Ka Mahan Hansya Byangya Nibandhakar Bhairav Aryal ko 75th janma jayanti shaptaha ko aawasar ma uha prati hardik shraddha suman aarpan gardhachu....

    ReplyDelete
  3. अ! मलाई पनि भैरव अर्याल नभएको भए नेपाली साहित्यमा हास्यव्यङ्ग्य नै भित्रिने थिएन जस्तो लाग्छ। He was the one who introduced हास्यव्यङ्ग्य in Nepali Literature....

    Also is his 75th birthday today ... I merely forget it was on 5th Ashwin. Sorry, for not being able to wish him. Any a deep condolence from my side to Bhairav Aryal... He was just more than an awesome essayist.

    ReplyDelete
  4. bhairab aryalko mrityu 2033 ma vaeko hoina ra?

    ReplyDelete
  5. Yes, bhairav aryal ko mirtuy 2033 B.S. ma nai bhayeko ho...

    ReplyDelete
  6. bhairav aryal ko harek lekh haru sarai ramro chha. chhoto samayama nepali sahityalai dherai yogdan gareko ma dherai garba lagchha malai uni dekhi.

    ReplyDelete
  7. I want to read Tauko nibandha... please

    ReplyDelete
  8. "Mahapurush ko sangat" vanne nibandha blog ma vako vaye hune thiyo :) :) please

    ReplyDelete
  9. Maha purush ko sangat padhna paamm

    ReplyDelete
  10. Maha purush ko sangat padhna paamm

    ReplyDelete
  11. अमरावति कान्ति पुरी नगरी पनि post गरौ न हजुर

    ReplyDelete
  12. Mahapurushko Sanjay padhna paiyos

    ReplyDelete
  13. टाउको निबन्ध पनि कम दमदार छैन हौ । पोष्ट गरौन ।

    ReplyDelete
  14. मलाइ इतीश्री काे हराम पान्डे हजुर िनबन्ध ब्लगमा भए पढ्रन मन िथयाे ।

    ReplyDelete
    Replies
    1. Haram pandey ma aadharit vayera Dailo productions ley naatak banayeko chha
      Bhadra 27 bta Shilpi Theatre ma manchan hudai chha

      Delete

Please Leave a comment to promote this site as well as Nepali Literature