Tuesday, October 1, 2019

आमा

- By Kalpana Gaire
  Grade 7

हिन्दुहरुले पुजा गर्ने
भगवान एउटा राम हुन्।
संसारमै सर्वश्रेठ
मेरी प्रिय आमा हुन्।

नौ महिना दुःखमा बसिन
गर्भमा आफ्नो राखेर।
अति कठिन पिडा सहिन
प्राण आफ्नो मानेर।

कस्तो रहेछ संसार भनेर
यी आमाले देखाईन ।
खुसीको हो दिन भनेर
भोज भतेर गराईन ।

हात मेरो समाएर
बिस्तारै हिड्न सिकाईन ।
आमाले नै मलाई त
पहिलो शब्द सिकाईन ।

नाक बाट सिंगान झर्दा
आफ्नै हातले पुछि दिन्थिन ।
मालाई केहि चोट लाग्दा
आमा आफै रोहि दिन्थिन ।

मेरी छोरी म जस्तै ज्ञनी
भनेर आमा भन्थिन ।
मेरी छोरी परी जस्तै प्यारी
भनेर गीत गाउँथिन ।

स्कुल जाने बेलामा
खाजा दिई पठाऊ थिन ।
गृहकार्य पुरा नगरेमा
आमा  मै माथि कराउथिन ।

गलती गर्दा सम्झाएर
सही कुरा सिकाईन ।
अशल बाटो देखाएर
ठुलो मान्छे बनाईन ।

आमा तिमी मायालु
संसारमा तिम्रो नाम छ ।
आमा त आमा नै हौ
तिमीलाई मेरो सलाम छ ।

No comments:

Post a Comment

Please Leave a comment to promote this site as well as Nepali Literature