व्यास बाजेले अठार पुराण लेखे, तर सबभन्दा जरुरी एउटा पुराणचाहिं लेख्न भुसुक्कै बिर्सेछन्। वेदव्यासको युगमा बिर्सेको कुरो आज वेदनाशको युगमा तैंले कसरी सम्झिस्? भन्नुहोला, मलाई पनि हिजै मात्र आफ्नी बुढी आमाले झट्ट सम्झाइदिइन्। साथै यस पुराणको माहात्म्य पनि मैले उनैबाट दृष्टान्तसहित बुझ्ने मौका पाएकोले अरु पुराणको प्रारम्भमा ‘शारदायै नम:’ भनेजस्तै पुराणको सुरुमा म भन्दछु – बूढी आमायै नम:।
नेपालका प्रसिद्ध हास्य-व्यङ्ग्य निबन्धकार भैरव अर्याल द्भारा लेखिएका विभिन्न साहित्यिक रचनाहरु पढ्नुहोस्। Read well renowned humorous essays written by famous essayist Bhairav Aryal.
Showing posts with label जयभुँडी. Show all posts
Showing posts with label जयभुँडी. Show all posts
Thursday, January 5, 2012
Monday, August 22, 2011
लाहुरेको यात्रासंस्मरण
एक त आफ्नो जातै वीर, दोस्रो वीरबाहादुरको झनाति, तेस्रो नामै मेरो वीरबल पाँडे – अब म कत्रो वीर हुँला भन्नै पर्दैन ! त्यसमाथि पनि नेपालको नाइटैबाट जन्मेको कान्तिपुरेकाजी भनेपछि त कुरै खलास । त्यसैले त, वीरधाराको कलकल जल वीरगन्जे ताप्केमा उमालेर सुर्क्याइदिएपछि कहिलेकाहीँ भोजन र सोजन, मेरो भोक त स्वयं भकुरिएर भागिहाल्छ । आखिर भुँडी भर्नुसम्मै त हो, बल र तागत भन्ने वस्तु त बाबुबाजेको नामैदेखि टाँसिएर आएको छँदै छ नि !
Friday, April 15, 2011
नेता नम्बर एक सय एक
दन्त्यकथामा आकाशबाट फुलौरा बर्सेझैँ अन्त्यकथामा एकताका पातालबाट नेता बर्सन्थे । काला, गोरा, ध्वाँसे, छिर्बिरे, फ्याँते, फोक्से, चुच्चे, नेप्टे, भँगेरे, चमेरे- जस्तो नेता खोजे पनि त्यति बेला पाउन सकिन्थ्यो । साँच्ची भनूँ भने तिनताक नुनमा कन्ट्रोल भए पनि नेतामा थिएन । पार्टीमा बास नपाए पनि पार्टीमा त खास पाइन्थ्यो । त्यसैले म कुरा झिक्तै छु त्यही झालेमाले दशाब्दीको ।
Wednesday, February 9, 2011
मपाईं
‘तँ’ को आदरार्थी 'तपाईं' भएजस्तै 'म' को आदरार्थी 'मपाईं' हुन्छ । त्यसैले सभ्य भाषामा 'तँ' को ठाउँ तपाईंले ओगटेपछि 'म' को ठाउँ 'मपाईं' ले नलिनु किन ? 'म' लाई संस्कृत वैयाकरणहरुले उत्तम पुरुषको श्रेणीमा पुज्दै आएका छन् भने अरु भाषामा पनि 'म' को स्थान प्रथमै छ । त्यसैले हामीले पनि बाह्रखरी पढ्दैदेखि 'म' लाई राम्रो 'म' भनी मान गर्दै आएका छौं । जब सँगैको 'तँ' जाबोले पदोन्नति पाई 'तपाईं' भयो भने 'म' लाई पदोन्नति दिई 'मपाईं' नगराउनु पच्चीसै आना पक्षपात हो, 'म' प्रतिको अन्याय हो । यसकारण अरुले 'तपाईं' भने पनि नभने पनि हामीले आफूलाई 'मपाईं' भन्नै पर्छ, यो युगको माग हो; 'मपाईं' को मन्तव्य यस्तै छ ।
Subscribe to:
Posts (Atom)