पर्सिको हिजो र हिजोको पर्सिलाई ‘भोलि’ भन्दछन् । समयको अनन्त गतिमा यसरी भूत र भविष्य दुवैतिर उस्तै सन्धि-नातो लाउने हुनाले आजभन्दा भोलि ज्यादै जनप्रिय छ । भोलानाथको झोलीजस्तो भोलिको आशामा मानिस बाँच्छ, केही गर्छ र भोलिको निम्ति केही साँचेर मात्र मर्न चाहन्छ । आज थाकेको मानिस अनेक थरी सपना तुन्दै भोलिको निम्ति निदाउँछ, तर भोलिपल्ट ब्यूँझँदा उसको भोलि आज बनेको हुन्छ, फरि ऊ अर्को भोलिको निम्ति दगुर्छ ।
नेपालका प्रसिद्ध हास्य-व्यङ्ग्य निबन्धकार भैरव अर्याल द्भारा लेखिएका विभिन्न साहित्यिक रचनाहरु पढ्नुहोस्। Read well renowned humorous essays written by famous essayist Bhairav Aryal.
Showing posts with label काउकुती. Show all posts
Showing posts with label काउकुती. Show all posts
Saturday, February 26, 2011
Thursday, February 17, 2011
नाम फर्ने धुनमा
...धनपति मागे भीक, मेरो नाउँ ठीकका ठीक” भनेझैँ मलाई पनि एकपल्ट आफ्नो नामदेखि साह्रै जङ चलेर आयो । आफू देख्दा बकुल्लोजति गोरो छु, तर मान्छे भनिदिन्छन् ‘कालू’ । सलसलाउँदी युवतीलाई ‘छयाके पुतली’ भन्दा कति जाग्लिन् ? अनि म नजागूँ कसरि ! अचेल कसैको नामको पुच्छर काटेर ठुटे गराएका छन्, कसैले भने भएको पुच्छरले नपुगी अर्को पुच्छर गाँसेर द्विपुछ्रे हुनुपरेको छ । अझ कोही नाममा भए-नभएको टुपीसमेत गाँसेर ठूलाबडाको झन्डा फहराउँछन् ।
Thursday, February 3, 2011
चरिचुच्चे ‘च’
हो, मान्छे बिछट्ट छुच्चा भए, चौपट्ट लुच्चा भए । यिनै छुच्चा र लुच्चाको मिचोमा परेर हामीजस्ता लाटासुधा मान्छे फुच्चामा गनियैाँ । अनि, गुच्चा खेल्दा जसरी चुपो लागेको सुधो गोटीलाई चारैतिरबाट ताकिन्छ, त्यसै गरी छुच्चा र लुच्चाका कुर्कुच्चाहरू सधैं हामीजस्ता फुच्चालाई घुच्चा ख्वाउन तम्सिरहेका हुन्छन् । हुदाँहुदाँ छुच्याइँ र लुच्याइँ नजान्नेहरुले अब बालुवाको लुच्चाइँ पकाएर खाए मात्रै हो, नत्र निर्वाह गर्न मुस्किलै छ ।
Subscribe to:
Posts (Atom)